कोरोना विरुद्ध राजनैतिक दलहरु मिल्नुको बिकल्प छैन – नेता गिरि

 

प्रभावशाली कांग्रेस नेता एवम् पुर्व मन्त्री जनक गिरिले कोरिनाको महामारी संग बिजय हासिल गर्न जिल्ला स्थित सम्पुर्ण राजनैतिक दल,जन प्रतिनिधि,नागरिक समाज,सचेत युवा विद्यार्थी,स्वास्थ्य कर्मी,सञ्चार माध्यम,नेपाल प्रहरी लगाएत सम्पुर्ण एक ठाउँमा उभिनुको बिकल्प नरहेको बताउनु भयो|

रेडियो पौरखिको समय सम्बाद कार्यक्रममा बोल्दै नेता गिरिले कोरोनाले तर्सित बाजुराका नागरिकको अभिभावकिय भुमिकामा आफू सदैब रहने भन्दै जिल्ला स्थित राजनैतिक दल,जन-प्रतिनिधि,सम्पुर्ण सरोकारवाला,जो जहाँ छौँ त्यही बाट भर्चुअल मिटिङ्ग मार्फत त्रसित नागरिकको पक्षमा तत्काल साझा संकल्प गरि राहत एवम् स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नुपर्ने बताउनु भयो|

नेता गिरिले राज्यको दुर्गम जिल्ला बाजुराको कोरोना पछिको अर्थतन्त्र बारे आफू चिन्तित रहेको भन्दै तत्काल जुन नगरपालिका,गाउँ पालिकामा जे को सम्भावना छ त्यसलाई राजनैतिक पुर्वाग्रह नराखी जनमुखी कार्यक्रम अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो|

कृषिमा निर्भर हाम्रो अर्थतन्त्रमा ठूलो ह्रास आउने भन्दै नेता गिरिले बाजुरा बाट भारत गएकाहरु मात्र फर्केर घर बस्ने बाताबरण बन्यो भने बाजुरामा ठुलो भोकमरी फैलने,स्वास्थ्य अवस्था निकै कमजोर हुने र महामारी फैलने भन्दै सबैलाई समयमै सचेत रहन आग्रह गर्नुभयो|

एक फरक प्रसङ्गमा नेता गिरिले अहिले फुट्ने नभई जुट्ने बेला भएको भन्दै सरकारले यो बेला ल्याएको संबैधानिक परिषद र राजनैतिक दल सम्बन्धि अध्यादेशले जनतालाई लज्जित तुल्याएको बताउनु भयो|

यस्ता घृणित कार्यले राजनैतिक दल प्रती नै अबिश्वास पैदा हुने भन्दै नेता गिरिले अहिले सम्पुर्ण ध्यान कोरोनाको बिरुद्द लड्नमै खर्चिन सरकारलाई आग्रह गर्नु भयो|

कोरिनाको बिजय संगै कांग्रेस पार्टी आफ्नो महाधिवेशन केन्द्रित हुने भन्दै नेता गिरिले अहिलेको अवस्थामा सम्पुर्ण ध्यान कोरोनाको महामारी बाट आम जनतालाई कसरी जोगाउने भन्ने मै रहेको भन्दै जिल्लाका सम्पुर्ण स्वास्थ्य चौकीमा कसरी स्वास्थ्य सामाग्री पुर्याउने,डाक्टरहरु को ब्यवस्थापन कसरी गर्ने भन्नेमै आफू लागेको बताउनु भयो|

नेता गिरिले हिजो मात्रै जिल्ला अस्पताल मार्तडी र नौ वटै पालिकामा खटिएका स्वास्थ्य कर्मिहरुको अवस्थालाई मध्यनजर गर्दै पिपिई उपलब्ध गराएका थिए|

नेताको परिक्षा जनता बिपदमा परेको बेला हुने भन्दै नेता गिरिले जनताको दु:खमा मलम लगाउन आ-आफ्नो ठाउँबाट लागुपर्ने बताउनु भयो|

प्रकाशित भएको : April 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु