माधब कुमार नेपालले गरे पार्टि कार्यकर्तालाई यस्तो अपिल

 

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा प्रेस वकत्व्य जारी गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई एकतावद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनसमेत आह्वान गरेका छन्।

पार्टीको विधि पद्धति तथा संगठनात्मक प्रणाली,नेतृत्व तहबीचको विश्वास,कार्यकर्ताबीचको एकतावद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र नेपाल कम्युनिष्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका सफलताका साथ पूरा गर्न सकिने उनले बताएका छन्।

‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ। यस्तो अवस्थामा हामीले सिंगो पार्टी पङतिलाई भवनात्मक रूपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ।

‘उनले भनेका छन्,’पार्टीलाई विधिका आधारमा सहमति समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु।’

व्यक्तिगत, संकिर्ण स्वार्थ व्यक्तिगत आग्रह वा अहम् नगर्नसमेत उनले आग्रह गरेका छन्।

अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभइ पार्टी एकताको मर्म,भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको समेत उनले बताएका छन्।

राष्ट्र, सत्तारूढ पार्टी सहित अन्य पार्टीका नेता कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरूद्ध लड्ने काममा केन्द्रीत हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालले विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने काम गर्न नहुने धारणा राखेका छन्।

संविधान र कानुनी शासनका मान्यताबाट प्रहार हुने अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम र कुरा गर्न नहुनेमा समेत उनले जोड दिएका छन्।

विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरूको पालन गर्दै आफु सुरक्षित रहदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रीत रहनसमेत उनले सबैसँग अनुरोध गरेका छन्।

मुलुक चुनौतीपुर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिष्ट पार्टीको दायित्व अझै बढेको भन्दै वरिष्ठ नेता नेपालले बलियो र एकतावद्ध पार्टीबाट मात्रै मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्न सकिने उल्लेख गरेका छन्।

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु