सनराईज बैंक टिकापुरले टिकापुर अस्पताल र ईलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

 

कैलाली, ३१ जेठ ।

सुदर्शन खबर

कैलालीको टिकापुरमा रहेको सनराईज बैंक शाखा कार्यालयले आइतबार २०७८-०२-३० गते स्वास्थ्य सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत टिकापुर अस्पताल र ईलाका प्रहरी कार्यालय टिकापुरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको शाखा अप्रेसन इनचार्ज सम्शेर कठायतले जानकारी दिए ।
स्वास्थ्यकर्मी र प्रहरीलाई नागरिकको सुरक्षा गर्नका लागि डिउटीमा खटिएको समयमा सहज होस भन्ने उद्धेश्यका साथ सेनिटाईजर, सर्जिकल पञ्जा, सर्जिकल मास्क, फेस सिल्ड, लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

शाखा अप्रेसन इनचार्ज कठायतले टिकापुर अस्पतालका प्रतिनिधि डाक्टर रेम कुमार राई र ईलाका प्रहरी कार्यालय टिकापुरका इन्स्पेक्टर निराजन सुनार लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित भएको : June 14th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु