लकडाउनमा पहिलो पटक बोले गृहमन्त्री , यस्तो आदेश दिए

 

गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे।

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने “राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस्।”

मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताए।

उनले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत अनुरोध गरे।

“सबै प्रदेशको आ–आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्”, गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भने।

गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डिआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाई चढाई हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गरे।

नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाई डिआइजीमा बढुवा गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले सबै डिआइजीको पदस्थापनसमेत गरिसकेको छ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

माधब कुमार नेपालले गरे पार्टि कार्यकर्तालाई यस्तो अपिल

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा प्रेस वकत्व्य जारी गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई एकतावद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनसमेत आह्वान गरेका छन्।

पार्टीको विधि पद्धति तथा संगठनात्मक प्रणाली,नेतृत्व तहबीचको विश्वास,कार्यकर्ताबीचको एकतावद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र नेपाल कम्युनिष्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका सफलताका साथ पूरा गर्न सकिने उनले बताएका छन्।

‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ। यस्तो अवस्थामा हामीले सिंगो पार्टी पङतिलाई भवनात्मक रूपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ।

‘उनले भनेका छन्,’पार्टीलाई विधिका आधारमा सहमति समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु।’

व्यक्तिगत, संकिर्ण स्वार्थ व्यक्तिगत आग्रह वा अहम् नगर्नसमेत उनले आग्रह गरेका छन्।

अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभइ पार्टी एकताको मर्म,भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको समेत उनले बताएका छन्।

राष्ट्र, सत्तारूढ पार्टी सहित अन्य पार्टीका नेता कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरूद्ध लड्ने काममा केन्द्रीत हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालले विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने काम गर्न नहुने धारणा राखेका छन्।

संविधान र कानुनी शासनका मान्यताबाट प्रहार हुने अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम र कुरा गर्न नहुनेमा समेत उनले जोड दिएका छन्।

विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरूको पालन गर्दै आफु सुरक्षित रहदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रीत रहनसमेत उनले सबैसँग अनुरोध गरेका छन्।

मुलुक चुनौतीपुर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिष्ट पार्टीको दायित्व अझै बढेको भन्दै वरिष्ठ नेता नेपालले बलियो र एकतावद्ध पार्टीबाट मात्रै मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्न सकिने उल्लेख गरेका छन्।

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु