भारतमा कोरोना : एकैदिन ५० को मृ’त्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए

 

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृ’त्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृ’त्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृ’त्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृ’त्यु भइसकेको छ ।

भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृ’त्यु भइसकेको छ ।

त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृ’त्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा तीन हजार आठ सय ७० संक्रमित निको भइसकेका छन् ।

अमेरिकाले ग्रिनकार्ड बन्द गर्ने ट्रम्पको घोषणा, कहिलेसम्मको लागी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।

यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन ।

मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।

अझै पनि कतिपय यही देशमै रहनुपर्ने अवस्था रहेको बताउँदै ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

ट्रम्पले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’

यद्यपि यो कार्यकारी आदेशमा केही छुट पनि हुन सक्ने ट्रम्पले बताए । आप्रवासी किसानहरुको बारेमा सोधिएको एक प्रश्नमा ट्रम्पले यस आदेशले किसानहरुलाई असर नगर्ने बताए ।

‘पहिलो प्राथमिकता अमेरिकीलाई दिनु नैतिक कर्तव्य’

‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’

ट्रम्पले भनेका छन्, ‘अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुन्छ । हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु