Breaking : बेवारिसे पैसा भेटिएपछि धनगढीको हाटबजार सिल

 

कैलालीको सदरमुकाम धनगढीको हाटबजारमा ५० र १०० रुपैयाँका फालिएको अवस्थामा ३ सय ५० बढी रुपैयाँ फेला परेका छन्।

बुधबार दिउँसो धनगढीको त्रिनगरर हाटबजारमा पैसा भेटिएपछि एकजना व्यपारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पैसा फालिएकोया कसैको खसेको हो भन्ने विषयमा अनुसन्धानपछि थाहा हुने बताए।

हाट बजार भएकाले पैसा खसेको पनि हुनसक्ने उनले बताए।

केही दिनअघि जनकपुरमा पनि यस्तै घटना भएको थियो। सडकमा पैसा खसेको देखेपछि स्थानीय त्रसित भएका थिए।

पैसा खसाएको आशंकामा प्रहरीले पछि दुई स्थानीय महिलालाई पक्राउ गरेको थियो।

ती महिलाले पैसा खसाएको नभई खसेको बयान दिएपछि उनीहरूलाई प्रहरीले रिहा गरिदिएको छ।

Photo From Setopati

सामुदायिक वनमा एक बोरा पैसा भेटियो

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ मानखोला किनारको भगवती सामुदायिक वनमा मंगलबार बेवारिस अवस्थामा एक बोरा पैसा फेला परेको छ। सिरानीको खोलभित्र पैसा हालेर बाहिरबाट बोरामा राखिएको थियो।

सामुदायिक वनदेखि नजिकैै रहेको बाँसगढीको इलाका प्रहरी कार्यालय मोतिपुरले बुधबार बिहान ८ बजेतिर बोरा खोलेर पैसा गन्दा १६ हजार सात सय २७ रुपैयाँ रहेको इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

बोरामा पाँच रुपैयाँका नोट दुई हजार नौ सय २१ वटा अर्थात् १४ हजार ६ सय पाँच रुपैयाँ पाइएको थियो। १० रुपैयाँका एक सय १८ वटा नोटको एक हजार ८० रुपैयाँ, २० का २६ वटाको आठ सय ३२, भारतीय रुपैयाँ १० को नोट १२ वटा १ सय ९२ र अन्य भारु १, २ र नेपाली सिक्का पाइएको छ।

पैसासँगै भगवानको फोटो पनि भेटिनु र एकैनासका नोट भेटिनुले पैसा मागेर संकलन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

पाँच रुपैयाँका नोट रहेको बोरा कोरोना सार्न प्रयोग गरेको आशंकामा १२ घण्टापछि पैसाको बोरालाई सेनिटाइज गरेर मात्र खोलिएको थियो।

पैंसाको बोरा भेटिनुअघि सो क्षेत्रमा राजमार्गमा अलपत्र परेका कैलाली र कञ्चनपुरको टोली बसेको थियो।

प्रहरीले ती टोलीका व्यक्तिलाई सम्पर्क गरेर रकमबारे पत्ता लगाइरहेको जनाएको छ।

अन्तिम पटक अपडेट गरिएको : May 16th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु