
सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अ’प’ह’र’ण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अ’प’ह’र’ण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’
स्रोतका अनुसार यसअघि पनि प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फुटाउने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए । यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । तर, पछिल्लो समय यादवले आफूले पार्टी नफुटाउने बताउँदै आएका थिए ।
यादवको फोन स्वीच्ड अफ छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसबारे आफूलाई जानकारी नभएको बताए ।
सामुदायिक वनमा एक बोरा पैसा भेटियो
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ मानखोला किनारको भगवती सामुदायिक वनमा मंगलबार बेवारिस अवस्थामा एक बोरा पैसा फेला परेको छ। सिरानीको खोलभित्र पैसा हालेर बाहिरबाट बोरामा राखिएको थियो।
सामुदायिक वनदेखि नजिकैै रहेको बाँसगढीको इलाका प्रहरी कार्यालय मोतिपुरले बुधबार बिहान ८ बजेतिर बोरा खोलेर पैसा गन्दा १६ हजार सात सय २७ रुपैयाँ रहेको इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।
बोरामा पाँच रुपैयाँका नोट दुई हजार नौ सय २१ वटा अर्थात् १४ हजार ६ सय पाँच रुपैयाँ पाइएको थियो। १० रुपैयाँका एक सय १८ वटा नोटको एक हजार ८० रुपैयाँ, २० का २६ वटाको आठ सय ३२, भारतीय रुपैयाँ १० को नोट १२ वटा १ सय ९२ र अन्य भारु १, २ र नेपाली सिक्का पाइएको छ।
पैसासँगै भगवानको फोटो पनि भेटिनु र एकैनासका नोट भेटिनुले पैसा मागेर संकलन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पाँच रुपैयाँका नोट रहेको बोरा कोरोना सार्न प्रयोग गरेको आशंकामा १२ घण्टापछि पैसाको बोरालाई सेनिटाइज गरेर मात्र खोलिएको थियो।
पैंसाको बोरा भेटिनुअघि सो क्षेत्रमा राजमार्गमा अलपत्र परेका कैलाली र कञ्चनपुरको टोली बसेको थियो।
प्रहरीले ती टोलीका व्यक्तिलाई सम्पर्क गरेर रकमबारे पत्ता लगाइरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्