कोरोनाभाइरसविरूद्ध लड्न मास्क सिलाउँदै भारतकी फर्स्ट लेडी ,नेपालले के सिक्ने ?

 

भारतकी फर्स्ट लेडी सविता कोविन्दले मास्क सिलाउन थालेकी छिन्।

राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविताले बुधबारदेखि मास्क सिलाउन थालेकी हुन्। उनले बनाएका मास्क दिल्ली अर्बान सेल्टर इम्प्रोभमेन्ट बोर्डका आश्रय घरहरूमा बाँडिने भारतीय जनता पार्टीले जनाएको छ।

सविताले मास्क सिलाउँदै गरेको तस्बिर अहिले भारतमा भाइरल भइरहेको छ। भाजपाको आधिकारिक ट्वीटरबाट उनको तस्बिर पोष्ट भएको थियो।

उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र र पश्चिम बंगालमा बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ।

भारतमा बिहीबारसम्म कोरोनाभाइरस संक्रमित संख्या २१ हजार पुगेको छ भने ६ सय ८१ जनाले ज्यान गुमाएमा छन्।

यसअघि राष्ट्रपति भवनका एक कामदारमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। राष्ट्रपति भवनमा काम गर्ने एक सय कामदार र १२५ परिवारलाई सेल्फ आइसोलेसनमा राखिएको छ।

नेपाल-भारत सिमामा भारतीय सुरक्षाकर्मीनै घातक बन्दै , यस्तो सम्म गर्छन

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् ।

भारतको मुम्बई, महाराष्ट्रलगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल – भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।

भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल (एसएसबी) लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिनदेखि चलिरहेको छ ।

नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दसगजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रकाशित भएको : April 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु