जानिराखौं : मोबाइललाई चार्ज गर्दा बिर्सेर पनि गर्नै नहुने काम

 

काठमाडौं – नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।

हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।

तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ ।

तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल धेरै बेर चार्जमा नजोड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन ।

त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।

पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् ।

यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।

चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् ।

सबैभन्दा खराब यो बानीले तपाईको ज्यानै पनि लिन सक्छ ।

चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो ।

चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात विकिरणले मानव शरीरलाई घात गर्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्किएर तपाईको ज्यान पनि लिन सक्छ ।

नेपालमा नै मोवाइल पड्किएका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।

प्रकाशित भएको : April 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु