अमेरीकाको डिभि लोटरीको रिजल्ट आउला त ? के अब बाँकि बिजेता पाउलान जान ?

 

काठमाडौं, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ ।

बिहीबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको अमेरिकाले यस्तो कदम लिएको हो ।

यस्तै, राष्ट्रपति ट्रम्पले अमेरिकामा भाइरसका कारण बेरोजगारी बढेकाले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिँदै रोजगारी प्रदान गर्ने बताउनुभएको छ ।

विगतमा ग्रीन कार्ड पाएका आप्रवासी अमेरिकी नागरिकले अमेरिकामा आफ्ना नातेदारहरुलाई पनि लान नपाउने भएको छ । तर अविवाहित बालबालिका र श्रीमतिलाई यो नियम लागू हुने छैन ।

सो नियम नियम दुईमहिनाका लागि लगाइए पनि पछि थप गर्ने बताइएको छ ।

प्रकाशित भएको : April 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु