
खोटाङ / कोरोना भाइरसको संक्रमणबाट खोटाङ जिल्ला ऐसेलुखर्क पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आएकी ३२ वर्षीया नेपाली मूलकी युवतीको मृत्यु भएको छ ।
बीमा नाछिरिङ राईको मंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो ।
उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन् । उनी गत वर्षमात्रै युके पुगेकी थिइन् ।
मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साताअघि सो अस्पताल भर्ना गरिएको थियो । उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् ।
उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरूमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।
कोरोना संक्रमित युवाको यात्रा मावली देखी ससुरालीसम्म
भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक कोरोना संक्रमित युवा मावली ससुराली हुँदै घर आएको पाइएको छ ।
साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं ओर्लिएका उनी त्यहाँबाट सुनसरी आएको पाइयो।
रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको साथिसँग आएका थिए ।
त्यसपछि डेरा गरि बसेका पत्निलाई भेट्न सुनसरी कै चतरामा आएको खुलेको छ ।
चतराबाट बसमा चढेर परिवार सहित मावाली धरान गइ बसेको देखिएको छ ।
धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् ।
धरान मावाल, चतरा डेरा र इटहरी साथिहरुसँग घुमेका उनी ८ दिनसम्म सुनसरी रहेका थिए ।
सुनसरी पछि उनी ससुराली उदयपुरको मैनामैनि फागुन ९ गते गएको पाइएको छ ।
ससुरालिमा २ दिन बसेका उनी ११ गते विहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहारसम्म गएका थिए ।
त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए ।
त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ ।
उनी भोजपुर तरेपछि स्थानीयवासिले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेका थिए।
घर पुगेपछि उनी एकान्तबासमा नबसी साथिहरु संग हिडडुल गरेको पाइएको छ ।
सामान्य लक्षण समेत नआएको कारण उनि गाउँमा भलिभल खेल्नसमेत गएको स्थानीय अर्थ राईले बताए ।
प्रतिकृया दिनुहोस्