एक स्टाटस जस्को कारण होटल संचालक पुगे प्रहरी हिरासतमा

 

जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले आज नियन्त्रणमा लिएको हो ।

पुनले विहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस्स्वा, गत छ’ भनेर स्ट्याटस पोष्ट गरेका थिए ।

उनको उक्त पोष्टको विषयमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई नियन्त्रणमा लिएरन अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानूनी कारबाहीको प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो ।

चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक लाख ५० हजार राहत प्रदान

काठमाडौं । केही दिनअघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीकी कल्पना भुसालको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

पीडित परिवारको घरमै पुगेर बिहीबार जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट रु एक लाख र फलेवास नगरपालिकाको तर्फबाट रु ५० हजार गरी रु एक लाख ५० हजार हस्तान्तरण गरिएको हो ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायब उपरीक्षक स्यामु आर्यलसहित घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक भुसालका एक छोरा एक छोरी र श्रीमान् छन् । राहत रकम मृतकका श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रकाशित भएको : April 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु