सुष्मा र पुजाबीचको झगडा, सुष्माले पुजालाई लगाइन् यस्तो गम्भिर आरोप (भिडियो सहीत)

 

काठमाडौं । चर्चित नायिका सुष्मा कार्की र पुजा शर्माको केही समय देखि वार चलिरहेको छ ।

उनीहरुको सम्बन्ध विग्रिएको सामाजिक सञ्जालमा चर्चा चलिरहेको बेलामा हालै शुष्माले सो कुरालाई पुष्टि हुने अभिब्यक्ति दिएकी छन् सरकारले घोषणा गरेको लकडाउनका कारण सबै कलाकार घरमै छन् ।

संधै ब्यस्त रहने कलाकारहरु अहिले घरको काममा ब्यस्त हुन थालेका छन् ।

उनीहरुकोबीचमा सम्बन्ध यतिबेला विग्रियो जतिवेला शुष्माले एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिइन् ।

उनीसंगै रहेका एक जना नायकले मन नपर्ने नायीकाहरुको नामका बारेमा बताए । त्यो बेलामा उनले सबैको एक्टिगं गरेर देखाएकी थिइन् ।

त्यो कार्यक्रम नै त्यस्तै भएका कारण आफुले रमाइलो गरेको कुरालाई नकारात्मक रुपमा लिइदिंदा त्यसले समस्या उत्पन्न गराएको शुष्माको भनाई छ ।

जनता जान्न चाहन्छन् कार्यक्रममा हालै शुष्माले पुजा संगको समबन्धका बारेमा फेरी खुलाएकी छन् ।

उनले रमाइलो कार्यक्रममा आफुले रमाइलो गरेको टिप्पणी गरिन् ।

उनले धेरै कलाकारको अभिनय गरेको र त्यसमा धेरै जनाले राम्रो प्रतिकृया दिँदा पुजाले मात्र नकारात्मक रुपमा लिएको बताइन् ।

पुजाले आफुलाई एक नम्बर नायीका भनेर दावी गरेको प्रति पनि ब्यग्य गर्दै भनिन्, त्यसो भने, रेखा थापा, प्रियंका कार्की लगायतका अरु नायीका २ नम्बरको हो ?

उनले पुजाले धेरै फेसवुक एकाउण्ट खोलेर आफ्नो प्रशंसा आफै गरिरहेको पनि दावी गरेकी छन् ।

उनले अर्की नायिका पूजा शर्मासँग आफूले सामाजिक सञ्जालमा कुनै वार नगरेको स्पष्ट पारेकी छिन् ।

उनले उल्टै नायिका शर्माले पूजा आकाश नामको फेक फेशबुक अकाउन्ट खोलेर आफ्नो प्रशंसा आफैं गरिरहेको आरोप लगाईन् ।

प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

नायिका कार्कीले पूजाले नक्कली फेशबुक खोलेर यस्तो हर्कत गरेकोबारे आफूसँग प्रमाण भएको र सोहीअनुसार बोलिरहेको पनि दाबी गरिन् ।

अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरल भएको छ ।

सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् ।

यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ ।

यसलाई सुष्माले नियोजित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका छन् ।

यसै विषयमा यी अभिनेत्रीले भनेकी छन्, ‘मैले दुई वर्षअघि दिएको एउटा अन्तर्वार्तालाई अहिले टिकटक बनाएर उडाउने काम गरिएको छ ।

मैले नै बिर्सिसकेको यो अन्तर्वार्तालाई कसैले नियोजित रूपमा टिकटक बनाएर कलाकारसँग मेरो सम्बन्ध बिगार्न खोजेको हो ।

प्रकाशित भएको : April 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु