प्रेमिकालाई भेट्न बोलाएर सामूहिक ब’ला’त्का’र

 

१२ वैशाख, विराटनगर । मोरङ्मा प्रेमीको संलग्नतामा किशोरीमाथि सामूहिक ब’ला’त्का’र भएको घटना सार्वजनिक भएको छ ।

एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक ब’ला’त्का’र गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले घटनामा संलग्न समूहका चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताएको छ । संलग्न भएका दुईजना भने फरार रहेको डीएसपी मानबहादुर राईले बताए ।

प’क्रा’उ पर्नेहरुमा बूढीगंगा गाउँपालिका–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुईजना १६ वर्ष मुनिका किशोरहरु छन् ।

डीएसपी राईका अनुसार १० वैशाखमा किशोरीमाथि क’र’णी भएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा सोही समूहले गत माघ १५ गते पनि ब’ला’त्का’र गरेको खुलेको उनको भनाइ छ ।

दोस्रो पटक ब’ला’त्का’र भएपछि घटना बाहिरियो

प्रहरीका अनुसार दोस्रो पटक ब’ला’त्का’र भएपछि घटना सार्वजनिक भएको हो । किशोरीमाथि पहिलो पटक गत माघ १५ गते ब’ला’त्का’र भएको खुलेको छ ।

प्रहरीका अनुसार माघ १५ गते पाँच जनाको समूहका एकजनाले युवतीलाई बुढीगंगा गाउँपालिका– ७ बडहरा बोलाएका थिए । ती युवती त्यही समूहका एक युवककी प्रेमिका थिइन् ।

फुटबल मैदानमा प्रेमीलाई भेट्न आएकी किशोरीलाई त्यहाँबाट केही पर लगेर सामूहिक ब’ला’त्का’र गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । तर, ध’म्की दिएका कारण किशोर चुपचाप थिइन् ।

वैशाख १० मा पुनः सोही समूहले किशोरीमाथि ब’ला’त्का’र गरेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेको डीएसपी राईले बताए । किशोरीले पनि माघ १५ सोही समूहले ब’ला’त्का’र गरेको बयान दिएकी छन् ।

‘गाउँलेले देखेपछि मात्र घटना बाहिर आयो,’ डीएसपी राई भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा १५ माघमा घटना भएको र सोही समूह संलग्न भएको खुल्यो ।’

प’क्रा’उ परेकामाथि म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित भएको : April 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु