राष्ट्रपतिले राजनीतिक हस्तक्षेप गरेको भन्दै मन्त्रीले दिए राजीनामा

 

ब्राजिलका न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै मन्त्री मोरोले राजीनामा दिएका हुन् ।

गोप्य सूचनाहरु सीधै आफूसम्म ल्याउने व्यक्तिको खोजी बोल्सोनारोले गरेको आरोप मोरोले लगाएका छन् ।

तर बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोप आधारहिन रहेको दाबी गरेका छन् ।

पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए ।

राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि उनले राजीनामा दिएका हुन् ।

शुक्रबार राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुख माउरिसियो भालेक्सोलाई बिना कारण बर्खास्त गरेका थिए ।

उनलाई बर्खास्त गरेमा आफूले राजीनामा दिने मोरोले बिहीबार नै बताएका थिए ।

मोरोले पदमा रहिरहन भावी प्रहरी प्रमुखको छनौट आफूले गर्न पाउने शर्त राखेका थिए तर उनको यो शर्त राष्ट्रपति बोल्सोनारो नस्वीकारेपछि पछि उनले राजीनामा दिएको बताइएको छ । एजेन्सी

काठमाडौंबाट ३५ जना यात्रु लिएर उदयपुर जाँदै गरेको बस बर्दिबासमा दु’र्घ’ट’ना

महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृ’त्यु भएको छ भने एक जना गम्भीर घा’इ’ते भएका छन्।

लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दु’र्घ’ट’ना’मा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए।

मृ’त’क विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा पर्छ।

दुर्घटनामा गम्भीर घा’इ’ते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दु’र्घ’ट’नामा परेको हो।

दु’र्घ’टना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।

विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो।

गाउँ नजिकै बस दु’र्घ’ट’ना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उद्धार गरेका थिए।

प्रकाशित भएको : April 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु