श्रीमती लकडाउनले माइत भएको फाइदा उठाउदै श्रीमानले गरे अर्कैसंग विहे

 

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) कारण विश्वका धेरै मुलुकमा लकडाउनको अवस्था छ ।

लकडाउनको समयमा छिमेकी देश भारतमा भने निकै रोचक घटना घटेको छ ।

लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिबाह गरेका छन् ।

छिमेकी देश भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० किलोमीटर दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रीमानले लकडाउनको फाइदा उठाउँदै प्रेमिकासँग बिबाह गरेको भारतीय सञ्चारमाध्यम आज तकले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन ।

उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसिन पछि उनले थाहा पाइन् कि उनका श्रीमान धिरज कुमारले उनको अनुपस्थितको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे ।

धिरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमतीले गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिइन् । उजुरीपछि पुलिसले धिरजलाई पक्राउ गरेर जे’ल पठाएको छ ।

धिरजले श्रीमती माइतबाट नफर्केको रिसमा प्रेमिकासँग बिबाह गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बन्ध थियो ।

जसको कारण उनिहरूको घरमा झगडा पनि भै रहन्थ्यो । अहिले धिरजले उनै महिलासँग बिहे गरेका थिए ।

प्रकाशित भएको : April 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु