रजिस्ट्रारको कार्यलयले अन्लाईन पठनपाठन सम्बन्धी बिज्ञप्ती जारी, बिज्ञप्तीप्रति बिद्यार्थी नेताको आपत्ती

 

काठमाण्डौं । त्रिभुवन बिश्वबिद्यालय रजिस्ट्रारको कार्यलयले अन्लाईन पठनपाठन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेपछि बिद्यार्थी संगठनका नेताहरुले बिरोध जनाएका छन् ।

विषय राम्रो हो तर तयारीनै पूरा नगरी गर्न लागेको यो पढाईले अहिले कोरोनाले गर्दा घर गएका विकट, दुर्गम भेगका बिद्यार्थीमा भने ठुलो नकारात्मक असर पर्दछ ।

राज्य यती ठुलो महामारीको संकटमा छ , राज्यको सम्पुर्ण शक्ति कोरोना नियन्त्रणमा लाग्नुपर्दछ भनेका छन् ।।

यस्तै शरीर रहे पढाई ६ माहिना पछी गर्दापनी हुन्छ । भाइरस लामो समय सम्म रहे के गर्ने भन्ने कुरा आउला , अन्लाईन पठन पाठननै गर्ने हो भने पहिला पुर्ब तयारी गरौं , सबै ठाँउमा नेटको सुबिधा बढाउँ, सुलभ र सरल बनाउँ, सबै बिद्यार्थीलाई समाबेश गर्ने बाताबरण बनाउँ, यति गर्न सकिन्न भने अहिले सफल नहुने अन्लाईन पढाई बन्द गरौं ।

बरु यो योजनामा आएको पुजी कति छ यसलाई राहत पीडित त्रि. बि .का बिद्यार्थीलाई बाँढाै, सकिन्न कोरोना राहत कोसमा जम्मा गरौं ।

बरु त्रि. बि. को बिज्ञहरुलाइ बोलाएर भाइरस रोकथाम, नियन्त्रण, तथा नंया औसधि, उपचारको खोजीमा जुटाैं ।

भोलि ८०% बिद्यार्थीलाई बन्चित गराएर 20% नेट सुबिधा भएको बिद्यार्थीलाई समबेश गरि गरेको पठनपाठनले के समान नतिजा देला त ?

यसकारण यो अपरिपक्व समयमा ल्यायको अन्लाईन पठनपाठनको निर्णय समयमानै फिर्ता लिन अनुरोध गर्दछु ।

पढाइ बिद्यार्थी का लागि हाे कि गुरुबर्गको काम देखाउन का लागि हाे । त्रिभुवन बिश्वबिद्धालय मा हावादारि साेचमा अनलाइन पढाइको तयारी प्रति अापप्ति सहित अान्दोलन हुनेछ ।

अनलाइन पठनपाठनमा काेर्सकाे प्रकृति पनि साेहि अनुरुपको हुनुपर्छ र बिद्यार्थी काे पहुचकाे सुनिश्चितता हुनुपर्छ ।

जति काेराेना उति कमाइ भन्ने मन्त्र का साथ अगाडि बडेका सरकार र उनका अनुयायीकाे अक्कल बिनाकाे नक्कल बन्द गर भन्दै नेपाल बिद्यार्थी संघका त्रिभुवन बिश्वबिद्यालय उपाध्यक्ष दिनेश शर्माले पनि आपत्ती जनाएका छन् ।

प्रकाशित भएको : April 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु