किम मृत्युको खबर परीक्षण : अब कस्को हातमा जाँदैछ उत्तर कोरिया

 

काठमाडौं । अहिले विश्वभर कोरोना महामारीको संकट छाएको छ । विश्वभर अहिले २ लाख भन्दा धेरैको ज्यान कोरोनाका कारण गएको छ ।

यो सँगै संक्रमितहरुको संख्यामा पनि २९ लाख नजिक छ । यो बीचमा अहिले अर्को विषय खुब चर्चामा रहेको छ । पछिल्ला केही चिनियाँ रिर्पोटहरुमा उत्तर कोरियाका सर्वोच्व नेता किम जोन उनको मृत्यु भएको बताइएको छ ।

लामो समयदेखि गायब भएका उनको अवस्थाबारे धेरैलाई केही जानकारी छैन ।

हिले विश्व अनुमानका भरमा काम चलाउँदैछ । मुटुको समस्या भएपछि अप्रेशन गरेर अवस्था सामान्य रहेको र केही दिनपछि सार्वजनिक हुने भन्ने कुराहरु पनि कतिपय रिर्पोटहरुमा दावा गरिएको छ ।

यो भन्दा पहिले पनि किम यसरी वेपत्ता भइसकेका छन् । उनले विश्वलाई समय समयमा चकित पार्दै आएका छन् । उमेरले भर्खर ३६ वर्ष पुगेका उनको तौल १०३ किलो भन्दा धेरै छ ।

उनले अधिक मात्रामा धुम्रपान र म द्यपान गर्ने गरेका कारण स्वास्थ्य निकै खराब भएको जानकारी बाहिर आएको छ । कतिपय जानकारीहरुमा चीनले कोरियातर्फ एक चिकित्सक टोली पठाएको खबर पनि आएका छन् ।

तर सो कुराको पुष्टि चिनियाँ अधिकारीहरुले गर्न मानेका छैनन् । समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेको हो ।

जापानका अधिकारीहरु मृत्युको खबरलाई एक मिथ्या हल्लाको रुपमा लिन अनुरोध गर्छन् । चिनियाँ अधिकारीहरुले किमको निधन भैसकेको भन्दै जानकारी दिए भनेर एक बेलायती पत्रिकाले दावा गरेको छ ।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरु पनि तनाबमा छन् । अ

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि किमको स्वास्थ्य लाभको कामना गरेका छन् । यदी किमको मृत्यु भएको हो भने उत्तर कोरिया उनकी बहिनी किम यो–जोंगको नाम चर्चामा रहेको छ । उनी पनि आफ्नो दाईसँगै राजनीतिमा संलग्न छिन् ।

यस्ता छन् अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका खबरहरु ।

प्रकाशित भएको : April 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु