धन्यवाद !! सीमा-नाकाबाट मानिस त के, कुनै जन्तु पनि छिर्न दिन्नाैँ : सशस्त्र प्रहरी

 

लकडाउन प्रभावकारी बनाउन र भारतबाट कसैलाई पनि भित्रिन नदिन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले २४ सै घण्टा पहरा दिएको छ ।

भारतसंग कुल १२९ं.५ किलोमिटर दुरीमा रहेको सीमा क्षेत्रमा थप १० अस्थायी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई २४ सै घण्टा पहरा मात्रै दिएको छैन, सीमा क्षेत्रमा गस्ती समेत गरिरहेको छ ।

थप २२० जनशक्ति परिचालन गरेर सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्र सिल गरेर सीमावर्ती गाउँ तथा कञ्चनपुर प्रवेशद्वार कृष्णपुर नगरपालिका- ५ गुलरियामा सशस्त्र प्रहरीले स्थायी पोष्ट स्थापना गरेको छ ।

सशस्त्रले त्यहाँ हुने अवाञ्छित गतिविधिदेखि कञ्चनपुर प्रवेश गर्नेको विस्तृत ट्राभलिङ्ग रेकर्ड र स्वास्थ्य परीक्षण गरिरहेको छ । लकडाउकै बेला १४ चैत्रमा बेदकोट नगरपालिका १० चतहरीका ४१ वर्षीय ईन्द्र विकमा कोरोना पुष्टि भएको थियो ।

अहिले उनी सेती प्रादेशिक अस्पतालबाट उपचारपछि घर फर्किसकेका छन् । यो कञ्चनपुर र देशकै लागि सुखद विषय हो । उनी सहित ११ जनालाई सशस्त्र प्रहरीले ब्रम्हदेवदेखि सीधै बेदकोटको क्वारेन्टाईनमा लगेको थियो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिंह शाहुले राज्यले दिएको जिम्मेवारीमा कत्ति पनि कमी हुन नदिने बताए । उनले जिल्लाको उत्तरी भेग खल्लामेछेट्टीदेखि दोधारा-चाँदनी, बेलडाँडी, बेलौरी हुँदै पुनर्वासको डोकेबजारसम्म पूरै सीमा क्षेत्र सिल गरिएको बताए ।

‘एक मानिस त के प्राणी पनि न भित्रिन्छ, न बाहिरिन्छ,’ सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘त्यही अनरुपको सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध गरिएको छ ।’ अहिले पनि सशस्त्र प्रहरीले पैदल, मोटरसाईलदेखि जिपमा नियमित गस्ती बढाएको उनले बताए ।

‘लकडाउन उल्लंघन र कुनै पनि अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरी २४ सै घण्टा हाजिर छ,’ उनले भने, ‘हामीले सीमा क्षेत्र सहित, जिल्ला प्रवेश र गाउँघरतिर पनि गस्ती बढाएका छौँ ।’

महाकाली नगरपालिका क्षेत्रमा महाकाली नदीका भङ्गालामा जोखिम मोलेरै भए पनि वारपार गरिरहेको उनले बताए । सशस्त्र प्रहरीले लकडाउनका समयमा गरेको भूमिकाको स्थानीय स्तरसहित सरोकारवाला पक्षबाट प्रशंसा गरिएको छ ।

प्रकाशित भएको : April 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु