अति धेरै गुप्त उत्तर कोरिया, किम जोङका बारे यस्तो दावी गर्यो

 

काठमाडौं । अहिले विश्व कोरोनासँगै उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई लिएर पनि द्विधामा परेको छ । उनको मृत्यु भएको खबरसँगै उनी ठिक भएका खबरहरु पनि आइरहेका छन् ।

उनी मुटुमा समस्या भएका कारण शल्यक्रियापछि कोमामा गएको र अहिलेसम्म होसमा नआएका खबरहरु पनि आइरहेका छन् । उनलाई के भएको हो र कहाँ छन् भन्ने विषयमा अहिले विश्व अनविज्ञ छ ।

भर्खर ३६ वर्षको उमेर पुगेका किमको स्वास्थ्यको बारेमा अलग दाबीहरु अहिले भाइरल छन् ।

शनिबार मात्रै एक हङकङको च्यानलले आफ्नो रिपोर्टमा किमको मृत्यु भएको जानकारी दिएको छ ।

त्यहि समयमा, दक्षिण कोरियाबाट आएको एक मिडिया रिपोर्टले किम हृदयघात (मुटुको) शल्यक्रिया पछि स्वस्थ भएको र रिसोर्टमा आराम गरिरहेको दावा गरेको छ । दक्षिण कोरिया र जापानी अधिकारीहरुले चाँडै किम सार्वजनिक हुने बताएका छन् ।

अर्कोतर्फ, किमको स्वास्थ्यको बारेमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा अनुमान गरिएपछि चीनले पनि उत्तर कोरियामा डाक्टरको टोली पठाएको बताइएको छ । तर यो खबरलाई चिनियाँ अधिकारीले स्पष्ट पार्न मानेका छैनन् ।

चिनियाँ चिकित्सा टोलीका एक सदस्यले जापानको म्यागजिनलाई बताए कि, किम जोङ उनलाई केही महिनादेखि मुटुको समस्या थियो । पछि उनलाई अस्पतालमा भर्ना गरियो । उनको शल्यक्रिया पनि भयो ।

अब उनको मुटुमा स्टन्ट राख्न आवश्यक हुन्छ । अर्को तिर दक्षिण कोरिया र चीनका अधिकारीहरूले उनको स्वास्थ्यका बारेमा आएका रिपोर्टलाई अस्वीकार गर्दै आएका छन् ।

उनीहरुले किमको जीवन शल्यक्रिया पछि खतरामा थियो भनेका छन् र अहिले ठिक छ भनिरहेका छन् । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम बिरामी भएको खबरलाई गलत बताएका थिए ।

तर उनै ट्रम्पले किमको स्वास्थ्य लाभको कामना गरेका समाचार पनि बाहिर आएका छन् । बेइजिङबाट सञ्चालित हङकङसको एचकेएसटीभी को रिपोर्ट अनुसार किम जोङ उनको मृत्यु भएको खबर गलत होईन ।

अर्को तिर इन्टरनेशनल बिजनेस टाइम्सको रिपोर्टले भनेको छ कि चिनियाँ मेसेजिग एप वीबोमा किमको मृत्युको खबरको पोष्ट भाइरल भईरहेको छ ।

अर्को रिपोर्टमा बेइजिङका विशेष सुत्रहरूले किमको मुटुमा स्ट्यान्ट राख्दा गलत्त भयो भनिएको छ । श्रोतका अनुसार किमको शल्यक्रिया गलत भयो किनकि एक सर्जनको हात काम्दै थियो ।

दक्षिण कोरियाको एक मिडिया रिपोर्टमा अर्कै कुरा बताइएको छ । अष्ट्रेलियाको च्यानल–७ लगायत अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि यसलाई प्रकाशित गरेका छन् । समाचार अनुसार किम उनको लक्जरी रिसोर्ट मा छन् ।

उनी रिसोर्टमा आफ्नो व्यक्तिगत रेल र आफ्ना केही स्टाफहरू लिएर आइपुगेका हुन् ।

वासिङटनस्थित उत्तर कोरिया निगरानी परियोजनाले पनि किम उत्तर कोरियाको लक्जरी बीच ९समुन्द्र० रिसोर्टमा रहेको उपग्रह फोटोका माध्यमबाट खुलासा गरेको छ ।

निगरानी परियोजना ‘३८ उत्तर’ ले आफ्नो रिपोर्टमा किम जोङको रेल वोनसनको लीडरशिप स्टेशनमा २१ र २३ अप्रिलमा देखिएको थियो । किम र उनका परिवारका सदस्यहरूले यो ट्रेन प्रयोग गर्छन् ।

बताइएको छ कि रेलले किमको स्वास्थ्यबारे कुनै जानकारी दिन सक्दैन तर यहाँ कुनै घटना भएको थियो यो भने स्पष्ट हुन्छ ।

अध्याधिक तौल भएका किमलाई लामो समयदेखि धुम्रपान र मद्यपानको आदत छ । यसकारण पनि उनको मुटुमा समस्या आएको अनुमान गरिएको हो ।

प्रकाशित भएको : April 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु