पहिलोपटक विश्वलाई कोरोना भाइरसको प्रकोपबारे जानकारी दिने डाक्टरको निधन

 

काठमाडौं । अहिले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको सङ्क्रमणबाट एक चिकित्सकको ज्यान गएको छ । चीनमा खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको पनि कोरोनाकै कारण ज्यान गएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए ।

तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी पनि दिएको थियो । तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ‘हिरो’ को रुपमा चर्चा गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ ।

केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ ।

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन् । यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ । पछिल्लो जानकारी अनुसार चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको जानकारी दिइएको छ ।

प्रकाशित भएको : February 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु