नेपालको राजनीति धरापमा फस्यो, नेकपाभित्र यति ठूलो अनिष्टको संकेत

 

नेपालको राजनीति फेरी धरापमा फसकेको देखिन्छ । केही दिनमा नै राजनीति निक्कै टसमसको अवस्थामा आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेको छ ।

यो कुनै अदृष्य खेलका कारण यस्तो भएको सजिलै आँकलन गर्न थालिएको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाएर नयाँ खेलबाट नयाँ प्रधानमन्त्री बनाउँने अदृष्य शक्तिले रजगज गरिरहेको विश्लेषण नेपाली राजनीति पण्डितले गर्न थालेका छन् ।

अहिले अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेको देखिन्छ । तर त्यो कति सफल हुने हो अब बाँकी २४ घण्टाभित्रै परिणाम देखिनेछ ।

नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् । उनीहरुबीच निर्णायक वार्ता चलिरहेको सूचना बाहिर आएको छ ।

एक नेताले भने यो निर्णायक वार्ता हो अन्यथा ओलीले काम गर्न नसकेको स्पष्ट भएका कारण अर्को विकल्प खोज्न बाध्य भएको अवस्था आएको हो । उनले थपे यही बेला ओली सेफ ल्याण्ड हुन शक्ति बाँडफाँड र शक्ति सञ्चयको गृहकार्यमा छन् । त्यो हाम्रो पक्षलाई चित्तबुझ्दो हुनुपर्यो ।

बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका लागि ‘निर्णायक छलफल’ भइरहेको छ । त्यसका लागि दुबै पक्षबाट चार–चार जना नेता खटिएका छन् ।

केही समयदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा भइरहेका दुई पक्षीय छलफलपछि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच कुराकानी हुनेछ । त्यो कुराकानी सकारात्म भएमा तत्काल देखिन लागेको राजनीतिक दुर्घटना टर्न सक्छ । अन्यथा परिणाम अनौठो आउँने देखिन्छ ।

गोप्य सूचना अनुसार ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको छ । प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको तयारी भएपछि पूर्वएमालेबीच समझदारीका लागि प्रयत्नको यो अन्तिम प्रयास हो । अन्यथा पार्टी फुट्नसक्नेदेखि पार्टीले अर्को निर्णय लिएर नयाँ सरकार बनाउँनेसम्मको कदम हुनसक्ने अवस्था आउने बताएको छ ।

यस्तो अवस्था आएमा प्रधानमन्त्री ओलीलेपनि निक्कै कडा कदम उठाउँनसक्ने आँकलन गरिएको छ । उनले प्रतिनिधि सभा विघटन गरेर एकलौटी ढंगले सरकार चलाउँनसक्ने सम्भावना समेत रहेको छ ।

गोप्य सूचनाका आधारमा अहिले प्रधानमन्त्रीलाई हटाएर अर्का ब्यक्ति अघि सार्न छिमेकी मुलुक भारतको नेपाल मामिला ब्यूरो लागि परेको स्रोतको दावी छ ।

उसले डा. बाबुराम भट्टराई देखि प्रचण्डसम्मको नाम भावी प्रधानमन्त्रीका लागि गृहकार्य गरिरहेको छ । यो थाहा पाएपछि भारतको हस्तक्षपलाई निस्तेज पार्न ओलीले अहिले आफ्नै पूर्व एमालेसँग सहमतिको गृहकार्य गरिरहेका छन् ।

यो गृहकार्य असफल भए ओली निक्कै कडा कदम चाल्न बाध्य हुने अवस्था आउँन सक्ने त्यो बेला नेपाली राजनीति फेरी धरापमा फस्ने राजनीतिक विश्लेषकको दावी छ ।

प्रकाशित भएको : April 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु