पोखराका मेयर मानबहादुर जिसीलाई हृदयघात

 

पोखराका मेयर मानबहादुर जिसीलाई हृदयघात

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।

उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए ।

हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको बरालले बताए ।

स्वास्थ्यकर्मीका अनुसार सामान्य बोलचालसमेत गर्न सक्ने भए पनि हृदयघातका कारण एक नशामा समस्या भएकाले शरीरको दायाँ भागमा असर परेकाले चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

प्रकाशित भएको : July 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु