
पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई अन्तरवार्तामा प्रयोग गरेको भाषाप्रति रेडियो नेपालले दुःख व्यक्त गर्नुभएको छ ।
रेडियो नेपालले अन्तरसंवाद कार्यक्रममा सोमबार पूर्व प्रधानमन्त्री भट्टराईलाई नित्याएको थियो । कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गरे अपशब्द प्रयोग गरेका थिए ।
‘कार्यक्रममा बाबुराम भट्टराईलाई अतिथिका रुपमा नित्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षितगरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी बनाएको छ’ रेडियो सेवा प्रसारण विकास समितिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
किमकी बहिनी उत्तर कोरियाको आगामी शासक
उत्तर कोरियामा नेता किम जोङ उनको शासनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ ।
पार्टीमा वरियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो तहमा भएकाले पनि उनलाई सम्भावित उत्तराधिकारीको रुपमा अघि सारिएको हो । ३० वर्षीया यो दाजु किमसँगै डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वार्तामा पनि उपस्थित थिइन् ।
जहाँ उनले आफ्ना दाईको तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको निमन्त्रणमा व्यक्तिगत सन्देश दिएकी थिइन् ।
यससँगै पुरुससत्ताले जकडिएको समाजमा उनी सम्भवतः सबैभन्दा शक्तिशाली महिलाको रुपमा उदाउने सम्भावना रहेको भनी दक्षिण कोरियाली मिडियाले लेखेका छन् ।
जब कि, उत्तर कोरियामा शासन हस्तान्तरणको जिम्मेवार रक्त नातालाई नै मानिदै आएको छ ।
किमकी बहिनीबारे केही टिप्पणी भने यस्ता पनि छन् कि, यहाँ महिलाको शासन खासै रुचाइँदैन ।
जसले गर्दा किमकी बहिनी योको शासन सिमित हुनसक्ने केही विज्ञको टिप्पणी छ । उत्तर कोरियाको शासन एकै परिवारको तेस्रो पुस्तामा चलिरहेको छ ।
राजसंस्थाकै शैलीमा किमका हजुरबाले नेतृत्व गरेको शासन किमका बाबु हुँदै किमले २०११ म सम्हालेका हुन् ।
दोस्रो विश्वयुद्धपछि नै किमका हजुरबाले स्वतन्त्रता लडाइँको नेतृत्व गर्दै देशको सर्वोच्च नेता बनेका थिए ।
हाल किमले उत्तराधिकारी घोषणा नगरेका बेला, उनको स्वास्थ्य बारे अनेक टिप्पणी भइरहँदा पार्टीमा हैसियतका आधारमा शासनसत्ता सम्हाल्ने आगामी शासकको रुपमा उनकी बहिनीबारे समाचार आउन थालेका छन् ।
प्रतिकृया दिनुहोस्