सरकारी वकिल कार्यालयले किटानी जाहेरी नलिएको भन्नु गलत , वास्तबिक कारण यस्तो

 

जनता समाजवादी पार्टीका नेताहरूले आफ्ना सांसद सुरेन्द्र यादवलाई अ’प’ह’र’ण गर्नेविरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिन नमानेको आ’रो’प लगाएका छन्।

सरकारी वकिल कार्यालय काठमाडौंले भने उक्त पार्टीका नेताहरूले सक्कल निवेदन आफैं लिएर गएकाले त्यसमाथि का’र’बा’ही गर्न आफूले नपाएको बताएको छ।

काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल हरिप्रसाद रेग्मीले नेताहरूले निवेदन अध्ययन गर्ने मौकासमेत नदिएकाले त्यसमा कानुनअनुसारको आवश्यक का’र’बा’ही गर्न नपाएको बताए।

‘उहाँहरू आउनु भयो निवेदन टेबलमा राखेर आफ्ना कुरा भन्नुभयो। अनि मैले एकपटक निवेदन अध्ययन गर्न समय मागें। उहाँहरूले तत्कालै निवेदन दर्ता गर्ने कि नगर्ने भनेर सोध्नुभयो।

मैले अध्ययन गरेर आवश्यक का’र’बा’ही अघि बढाउछुभन्दा टेबलबाट सक्कल निवेदन लिएर जानुभयो,’ उनले भने, ‘सक्कल फाइल नै नभए त हामीले केही गर्न मिल्दैन।’

उनका अनुसार, सरकारी वकिल कार्यालयमा आएको जाहेरी अध्ययन गरेपछि आवश्यक का’र’बा’ही’ गर्न प्रहरीमा पठाउन सकिने कानुनी व्यवस्था छ।

नेताहरूले सक्कल जाहेरी छोडेर गएको भए त्यसलाई दर्ता गर्न भन्दै प्रहरीमा पठाइदिनुपर्ने अनिवार्य व्यवस्था कानुनमा रहेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सन्जीव रेग्मीले बताए।

‘कानुनमा आवश्यक का’र’बा’ही’का लागि प्रहरीलाई त्यस्तो जाहेरी पठाइदिनुपर्ने भनेको छ त्यसको अर्थ दर्ता गर्न पठाउनु भन्ने नै हो,’ उनले भने, ‘तर प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको भने हुनुपर्छ।’

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५को उपदफा १ मा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयमा निवेदन दिन सकिने व्यवस्था छ।

दफा ५को उपदफा २ मा भने त्यसरी आफुकहाँ आएको जाहेरीको अभिलेख राखी आवश्यक का’र’बा’ही’को लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ भनिएको छ।

प्रकाशित भएको : April 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु