अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउन सक्छः डोनल्ड ट्रम्प

 

अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’

उनले यो कुरा पत्रकारलाई त्यतिबेला जानकारी दिए जब उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा थिए ।

उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।

उनी यो विकेन्ड आफ्ना केही सहयोगी र छोरी इभांका ट्रम्पसँग बिताउनेछन् ।

स्रोतः बीबीसी

२० दिनपछि खुल्यो यस्तो रहस्य : किम जोङ उनको यस्तो रहेछ अवस्था

उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो ।

पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।

केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।

सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे ।

केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

यद्यपि, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने गर्न सकिँदैन किनभने यो कार्यक्रमको कुनै पनि तस्बिर सार्वजनिक भएका छैनन् ।

यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो ।

बुधबार यस्ता अड्कलबाजी थप बढे जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’

यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो । स्रोतः बीबीसी

सांसदलाई ध’म्की : प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगरे जेपनि हुनसक्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई धम्की आएको खुलासा भएको छ ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याएको खुलासा भएको हो ।

शुक्रबार मात्रै राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको आफूलाई भित्रिया बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् ।

गौरीले ‘प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस्’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् ।

तर भट्टले यसो भन्नेबित्तिकै ओलीले ‘तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस्, तुरुन्त बालुवाटार आएर हस्ताक्षर गर्नुस्’ ओलीको धम्की उदृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘नेपालमा जे पनि हुनसक्छ,तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ।’

भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । उनी शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको थियो ।

लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए ।

यसविषयमा भट्टलाई रातोपाटीले सम्पर्क गर्दा आफूलाई बालुवाटारबाट बोलाइएको बताउँदै थप कुरा पछि खुल्दै जाने बताइन् ।

यता गौरीले भने सरकार अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको दावी गरिन् । उनले अनुरोधलाई धम्की भन्दै भट्टले नै अनावश्यक अफबाह फैलाएको समेत आरोप लगाइन् ।

उनले भनिन्, ‘तपाईँ सांसद हो, उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नु तपाईँको दायित्व हो । मैले यति भनेकै हो ।’

नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्न चर्को दवाव परेको छ। पार्टीभित्र कुनै छलफल नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

ओलीले विवाद थामथुम पार्न विवादास्पद अध्यादेश फिर्ता लिएपनि राजीनामा विषय भने साम्य भएको छ ।

यस्तो अवस्थामा ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन् ।

प्रतिनिधिसभाको संसदीय दलमा आफ्नो बहुमत देखाउन ओली कम्मर कसेर लागेको अवस्थामा राष्ट्रिय सभाका सांसद समेतलाई किन हस्ताक्षर गर्न दवावसहित धम्की दिइयो त्यो रहस्यको विषय बनेको छ ।

दुई दिनअघिमात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।

News Source

अन्तिम पटक अपडेट गरिएको : May 16th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु