उपेन्द्र यादव पार्टीको नाम कम्युनिष्ट राख्न तयार भय अब माधव नेपाल, प्रचण्ड र यादब वृहत कम्युनिष्ट एकता गर्छन, ठूलो पार्टी बन्छन्’

 

उपेन्द्र यादव पार्टीको नाम कम्युनिष्ट राख्न तयार भय अब माधव नेपाल, प्रचण्ड र वृहत कम्युनिष्ट एकता गर्छन, ठूलो पार्टी बन्छन्’

काठमाडौँ ।

वर्तमान सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले पछि गएर पार्टी एकता गर्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले दाबी गरेका छन् ।

अब एमालेबाट माधव कुमार नेपाल छुट्टिने, त्यसपछि माओवादी र जसपाका उपेन्द्र यादवसँग मिलेर चुनाव लड्नसक्ने बताए । उनले भविष्यमा माधव कुमार नेपाल, प्रचण्ड र उपेन्द्र यादव मिलेर बृहत कम्युनिष्ट एकता समेत गर्न सक्ने बताए ।

उनले आफू अब आफू एमाले भएको बताएका छन् । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले अब आफू एमालेको बनेको र केपी शर्मा ओलीसँगै उनको पक्षमा देशभर डुल्ने बताएका हुन् ।असार २९ गतेसम्म केपी शर्मा ओली सरकारमा रहँदासम्म आफू काँग्रेस अर्थात प्रतिपक्षी रहेको भन्दै उनले अब शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै आफू एमाले भएको बताए ।

उनले सरकारको गलत कामको डटेर विरोध गर्नै भन्दै त्यसको लागि प्रतिपक्षी दलसँग सहकार्य गर्ने उनको भनाई छ । एक्लै हिड्न खोज्दा आक्रमण भइने भन्दै अब एमालेसँग मिल्ने बताउँदै उनले बौद्धिक ब्यक्तिको काम दलाली गर्ने नभई प्रतिपक्षसँग मिलेर जनताको आवाज बोल्ने भएकोले आफू एमाले भएको बताएका हुन् ।

उनले भने, जब काँग्रेस कमजोर भएको थियो, म अब काँग्रेस भएँ भनेको थिएँ, बौद्धिकले प्रतिपक्षसँग मिलेर जनताको आवाज दिनुपर्छ, बौद्धिकको काम त्यो हो , यहाँ बौद्धिकले दलाली गर्ने हो भन्ने बुझेका छन् । त्यसकारणले अब म एमाले भएँ । हिजो माओवादीलाई कुटी कुटी फाल्नुपर्छ भन्थे, हामी त्यतिबेला माओवादीको पक्षमा थियौँ । अब एमाले एक्लो भयो, म पनि एमाले नै भएँ ।

उनले अब एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो फाइदा हुने बताए । उनले अबको चुनावमा एमालेले बहुमत ल्याउने समेत बताए । शेर बहादुर देउवाले ५ बर्ष प्रतिपक्षमा बस्न हिम्मत गरेको भए उनकै दलले दुई तिहाइ ल्याउन सक्ने भन्दै उनले अब भने एमाले नै बहुमत ल्याउने समेत दाबी गरे ।

प्रकाशित भएको : August 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु