अन्तरिक्षमा ‘बिग ब्या’ङ’ पछिकै ठूलो वि’स्फोट पत्ता लाग्यो

 

वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल वि’स्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाशवर्ष टाढा भएको सो वि’स्फोट यसअघिका कुनैपनि वि’स्फोटभन्दा पाँचगुणा ठूलो रहेको बताइएको छ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो वि’स्फोट भएको वैज्ञानिकहरूले बताएका छन्।

सो वि’स्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ पारेको थियो। वैज्ञानिकहरूले यो वि’स्फोटसम्बन्धी निष्कर्ष ‘एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित गरेका हुन्।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुन सक्ने अनुमान गरेका थिए।

ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुने गर्छ।

तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो।

अनि यसको अर्थ त्यहाँ भएको कुनै पनि वि’स्फोट अकल्पनीय रूपमा विशाल हुनुपर्ने हुन्थ्यो। तर अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड अरे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग वि’स्फोटकै कारण भएको पुष्टि गरेको देखिन्छ।

प्रकाशित भएको : May 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु