नेकपा बिवाद नेपाललाई झट्का प्रधानमन्त्री बन्न बामदेवलाई खुल्यो बाटो, माधव नेपाल तेस्रो अध्यक्ष नबन्ने

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । बुधबार निधारर्ण गरिए अनुसार डेढ घण्टा पछि सारेरै भएपनि बैठकको निष्कर्ष सकारात्मक रुपमा सम्पन्न भएको छ । मुख्य नेताहरुबीच भइरहेको विबादकाबीच नेकपाको सचिवालय बैठक डाकिएको थियो ।

शनिबार साँझ निर्धारित समय भन्दा ढिलो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका केही काम प्रति माफी मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका हुन् ।

बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनीधि सभा लैजाने बताएका छन् । प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको श्रेष्ठले बताए । यसका साथै प्रवक्ता श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए ।

त्यस्तै वैठकले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ । यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।

यो निर्णयसंगै नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद तत्कालका लागि थामथुम पारिएको छ। यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको बताइएको छ ।

हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय पनि टुंगिएको छ । नेता नेपालले आफु तेस्रो अध्यक्ष नहुने सार्वजनिक अभिब्यक्ति दिएका थिए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित भएको : May 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु