पशुपति आर्यघाटमा लकडाउनपछि जे देखियो…

 

बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने श-व पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० श-व आउने गरेकामा हाल दैनिक १० देखि १२ श-व मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट श-व आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम श-व आएको हुनसक्ने कोषले जनाएको छ । देश विदेशबाट हुने उडान हाल बन्द छ । विदेशमा काम गर्न गएका नेपालीको श-व आउने क्रम पनि रोकिएको छ ।

यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा श-व आउन रोकिएको छ । यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा श-व जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा श-व दाह हुन थालेको हो ।

पशुपतिमा श-व लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन् । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट श-व दाहको सेवा उपलब्ध छ । विद्युतीय श-व दाहतिर पनि बन्दाबन्दी अघिभन्दा श-व घटेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

विद्युतीय श-व दाह गृहमा श-व दाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक श-व दाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताउनुभयो ।

पशुपतिमा जलाइने श-व का लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने ९लोड अनलोड० को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल ९टिसिएन० ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुखसमेत रहनुभएका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा श-व बढी आउँथे । अन्यत्र श-व दाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा श-व जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्रभन्दा सहज छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताउनुहुन्छ । त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी म-र्ने गरेको तथ्याङ्क महाशाखासँग छ ।

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले श-व दाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृ-तकका आफन्तले नै श-व दाह गरेका थिए । बन्दाबन्दीका अवसरमा बेखर्चीले श-व दाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा यसअघि नै कोषले गरिसकेको छ ।

पशुपतिमा निःशुल्क भोजन जारी
मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशमा जीवनयापन गरिरहेकालाई शुरु गरिएको निःशुल्क भोजन जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० लाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ ।

प्रकाशित भएको : May 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु