
सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह’त्या गरेका छन् । ह’त्या गरेर सामुदायिक वनमा श्रीमतीको श’व गाड्ने श्रीमान प’क्रा’उ परेका छन् ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको ह’त्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।
उनका अनुसार चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा ह’त्या गरेका हुन् ।
‘गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँ’टी थि’ची ह’त्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘ह’त्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’
वीणा हराएको भन्दै उनका पिताले हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरिलाई नियन्त्रणमा लिएपछि ह’त्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।
‘हरिको बयानका आधारमा हामीले आइतबार राति नै श’व उत्खनन् गरेका छौं,’ उनले भने ।
उनको बयानका आधारमा श’व निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको र हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सालीसँग बिहे गर्न पत्नीको ह’त्या
हरिले ५ वर्षअघि वीणासँग प्रेम विवाह गरेका थिए । यी दुवैको १ छोरा र १ छोरी समेत छन् । तर यो बीचमा हरिले वीणाकी कान्छी बहिनीसँग पनि प्रेम सुरु गरेका थिए । वीणालाई साइड लगाएर मात्रै हरिले सालीसँग विवाह गर्न लागेका थिए ।
सालीले ‘दिदी घरमा रहेसम्म म तपाईंको श्रीमती बन्न सक्दिनँ’ भनेर आफूलाई भनिरह्यो’ हरिले प्रहरीसँगकाे बयानमा भनेका छन्, “मलाई साली मन पर्न थालिसकेको थियो । त्यहीं भएर उनलाई पाउन वीणाको ह’त्या गरेको हुँ ।”
प्रहरीले यो घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्