बुढिगङ्गाको जनता नेकपाको बहुमत होईन राहत चाहान्छ्न् -सचीव रावल

 

लामो समय देखि बुढिगङ्गा नगरपालिका बाजुरामा राजनैतिक प्रतिशोधका कारण गरिव जनतालाई राहात बितरण गर्न बस्ने नगरकार्यपालिकाको बैठक प्रतिपक्ष नेकपाले निरन्तर बहेस्कार गरेपछी नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले हामिले गर्ने राजनिती गरिव जनताको सेवामा जोडिनु पर्छ भन्दै गरिव जनताको पीडा माथि राजनीति नगर्न अपिल गर्नुभएको छ|

सचीव रावलले कोरोनाको महामारीमा सबैभन्दा पहिले सरकारको कोरोना कोषमा कांग्रेस ले रु-५० लाख जम्मा गरेको स्मरण गराउदै प्रतिपक्षले कस्तो भुमिका खेल्नुपर्छ संघीय संसदको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस बाट पाठ सिक्न आग्रह गर्नुभयो|

बिपदको बेलामा गरिवको झुपडी माथि राजनिती गरेर कोहि ठूलो नहुने भन्दै सचीव रावलले यो बेला नगर कार्यपालिकाको बैठक बहेस्कार गर्नु अरु केही नभई मुर्खता भएको बताउनु भयो|

जनताबाट चुनिएका जनप्रतिनिधिहरु नै बिपदको बेला जनताको बिचमा आउन डराउनु र दु:खको बेला जनताले पाउने सुबिधा रोक्नमा लाग्नु! जनतामाथी को अपराध भएको भन्दै रावलले तत्काल राहतका कार्यक्रम लिएर जनताको बिचमा आग्रह गर्नुभयो|

उच्च शिक्षाको लागि जिल्ला बाहिर रहेका विद्यार्थीको बिचल्ली भएको भन्दै रावलले यो बेला पक्ष-विपक्ष नभनी हाम्रा विद्यार्थीहरु को उद्दार गर्न नगर प्रमुखलाई आग्रह गर्नु भयो|

बुढिगङ्गा नगरपालिकामा प्रमुख/उप-प्रमुख लगाएत चार वार्डमा कांग्रेस ले बिजय हासिल गरेको भएतापनी नेकपाको बहुमत छ|

नेकपाको बहुमत भएको कारण राहत बितरणको लागि बोलाईएको कार्यपालिकाको बैठक समेत बहेस्कार गरेकोले जनताले राहात पाएको छैन् भने हरेक पटक नगरले गर्नुपर्ने काममा नेकपाले अबरोध गर्दै आएको छ|

प्रकाशित भएको : May 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु