क्वारेन्टाइन लैजाँदै गर्दा बाटैमा मृ’त्यु भएका वृद्धको कोरोना रिपोर्ट यस्तो

 

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएका बैतडीको पुर्चौडीका ६७ वर्षीय जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकैको बाटोमा मृत्यु भएको थियो।

स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो।

लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।

मृतकको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुंवरले जानकारी दिए।

प्रकाशित भएको : May 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु