भारतमा एकै दिनमा यति धेरैको मृत्यु , थपिए अहिलेसम्मकै धेरै संक्रमित

 

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो । सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो ।

त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ ।

त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार नौ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ६५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ६६ जनामा संक्रमण देखिँदा ५० जनाको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा पनि एक हजार दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म पाँच सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित भएको : May 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु