भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा कम्तिमा ८ को मृ’त्यु, सयौं बिरामी

 

भारतमा एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा कम्तिमा आठ जनाको मृ’त्यु भएको छ भने सयौं मानिसहरू अस्पताल भर्ना भएका छन्।

आन्ध्र प्रदेशको विशखापटनममा रहेको उक्त रसायन प्लान्टबाट बिहीबार उज्यालो नहुँदै ग्यास लिक भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

नजिकैको अस्पतालमा उपचार गरिरहेका ७० जना अझै बेहोस छन् भने अरू पाँच सय जना पनि अस्पताल भर्ना भएका छन्।

एलजी पोलिमर्सले सञ्चालन गरेको उक्त प्लान्टमा लकडाउनपछि कसैले रेखदेख गरेका थिएनन्।

प्लान्टभित्र ५ हजार टनका दुई ट्यांकर थिए।

‘लकडाउन यता कसैले पनि हेरचाह नगरेकाले भित्र केमिकल रियाक्सन भएर ट्यांकरभित्र ताप उत्पन हुँदा ग्यास लिक भएको हुनसक्छ,’ स्थानीय प्रहरी अधिकारी स्वरूप रानीले भनिन्।

ग्यास लिक भएपछि राति साढे ३ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुग्दा हावाभरि ग्यासैग्यास भइसकेको उनले बताइन्। बिहान ४ बजेपछि उद्धारकर्ताले स्थानीयको उद्धार थालेका थिए।

प्रकाशित भएको : May 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु