नापी विभाग एक्लैले नेपालको नयाँ नक्शा बनाउन सक्दैन

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापनक्शाङ्कनको वातावरण मिलाए लिपुलेक, कालापानीसहितको नक्शा बनाउन तयार भएको बताएको छ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिसँगको वैठकमा मन्त्रालयका सचिव केदार न्यौपानेले यस्तो बताएका हुन्।

उनले नापी विभागको अग्रसरताले मात्र नेपालको नयाँ नक्शा बनाउन सम्भव नभएको वैठकमा बताए।

समितिकी सभापति पवित्रा निरौला खरेलले यसअघि नै समितिले नयाँ नक्शा जारी गर्न दिएको निर्देशनका बारेमा गरेको प्रश्नको उत्तर दिदैं न्यौपानेले मन्त्रालय एक्लैले चाहेर नयाँ नक्शा बन्न नसक्ने बताएका हुन्।

‘धेरै कुरा कुटनीतिज्ञ च्यानलबाट धेरै कुरा बढेको छ। हाम्रो मन्त्रालयको भूमिका सहयोगीमात्रै हो’, उनले भने ‘परराष्ट्रले पनि सकारात्मक वातावरण बनाउन काम गरिरहेको छ। नापनक्शाकंन गर्ने वातावरण गरे मन्त्रालय तयार छ।’

वैठकमा पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली पनि उपस्थित छन्।

उनले मन्त्रालयकातर्फबाट हिजो शनिवार जारी भएको विज्ञप्ति पढेर सुनाएका थिए।

उनले कोरना महामारी चलेको बेला यस्तो घटना नहुनुपर्थ्यो भन्ने भनाइ राखेका छन्।

‘सुगौली सन्धीको इतिहासदेखि यो नसुल्झिएको विषय हो। हामी समाधान गर्न तयार छौं’, उनले भने।

प्रकाशित भएको : May 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु