दार्चुलाको छाङ्गरुमा आजभोलिमा सशस्त्रको बटालियन राख्दैछौं : परराष्ट्र मन्त्री

 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केही दिनभित्रै दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरीको बटालियन राख्न लागिएको बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले छाङ्गरुमा बोर्डर पोस्ट लाग्न राखिएको बताए।

उनले माथिल्लो दार्चुलामा नेपालको उपस्थिति कमीका कारण पनि त्यसक्षेत्रमा समस्या भएको बताए।

‘हेलिकप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी छ’, उनले भने, ‘चिसो र हाइअल्टिच्युडका कारण केही ढिलाइ भएको थियो।’

उनले अहिले भारतसँगको सीमामा २२ हजार ६ सय सशस्त्र प्रहरी खटाइएको उल्लेख गरे। तर पछिल्लो लकडाउन व्यवस्थित गर्न यति संख्यामा सशस्त्र प्रहरी खटाइएको उनको धारणा थियो।

उनले भारतसँगको सीमामा स्थायी सुरक्षाचौकी १ सय १२ बाट बढाएर १२० पुर्‍याइएको उल्लेख गरे।

साथै, सरकारले अहिले कोरोना संक्रमितलाई रोक्न थप १ हजार ९३ अस्थायी पोस्ट राखिएको जानकारी दिए।

‘बिस्तारै यी पोस्टहरूलाई पनि हामी व्यवस्थित गर्छौं’, उनले भने, ‘विस्तारै स्थायी बनाउने तयारी छ।’

प्रकाशित भएको : May 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु