कोरोनाबाट मर्नेहरुको संख्या २ लाख ८७ हजार नाघ्यो, चीनले अमेरिकालाई दियो यस्तो चेतावनी

 

काठमाडौं । विश्वभर थप डरलाग्दो बन्दै गएको कोरोना महामारीलाई लिएर अहिले अमेरिका र चीन एक आपसमा भिड्दैछन् ।

अहिलेको ताजा जानकारी अनुसार विश्वभर ४२ लाख ५४ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् । यसमा २ लाख ८७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

अर्का तिर निको हुनेहरुको संख्या पनि १५ लाख २७ हजार नाघेको छ । यो बीचमा खबर आएको छ कि अमेरिकाले चिनियाँ पत्रकारहरुमा लागि आफ्नो भिसामा केही हेरफेर गरेको छ ।

यसैको जवाफमा चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ ।

साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो ।

चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।

आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ ।

‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु