रसुवामा विभिन्न पार्टीबाट दर्जनौँ युवा वाइसिएलमा प्रवेश

 

रसुवामा विभिन्न पार्टीबाट दर्जनौँ युवा वाइसिएलमा प्रवेश

कार्तिक ३, २०७८

रसुवामा विभिन्न पार्टी परित्याग गरि दर्जनौँको संख्यामा युवाहरु माओवादी केन्द्रमा प्रदेश गरेका छन् । मंगलबार कालिका गाउँपालिका-१ राम्चेमा आयोजित माओवादी केन्द्रको युवा संगठन वाइसिएलको वडा सम्मेलनको अवसरमा कांग्रेस, जसपालगायतका पार्टी परित्याग गरि दुई दर्जन बढी युवा माओवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य कामी सेदार थोक्रासहित वीरमान तामाङ, कमल तामाङ, मनोज थोक्रा, काजिमान तामाङ, सुकुराम ग्लेन र दावा ग्लेन छन् । त्यस्तै, काँग्रेसका स्थानीय युवा नेता मेम्चा ग्याल्बो घले, सन्चा तामाङ, लालबहादुर तामाङ र सुकुराम लोप्चन लगायत माओवादी प्रवेश गरेका छन् ।

नवप्रवेशी सबैलाई माओवादी केन्द्र रसुवाका संयोजक माधव लामिछाने समिर, बाग्मती प्रदेश सदस्य मेघनाथ घिमिरे प्रभाकर लगायतका नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको माओवादीले मात्रै अहिलेको जनआकांक्षा सम्बोधन गर्ने देखेर पार्टी प्रवेश गरेको नवप्रवेशी युवाहरुले बताएका छन् ।

प्रकाशित भएको : October 21st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु