कोरोनाविरुद्ध लड्न मन्त्रीको भत्ता काटिदैं, मन्त्री संख्या पनि घटाइने

 

नामिबियाका राष्ट्रपति हेग गेन्गोबले शुक्रबार खर्च कटौतीको घोषणा गरेका छन्।

खर्च कटौतीबाट कोरोना भाइरस महामारीसँग जुध्न देशलाई करिब २ सय मिलियन नामिबियन डलर अर्थात १०.८ मिलियन अमेरिकी डलर उपलब्ध हुनेछ।

हालसम्म नामिबियामा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये १४ जना निको भइ सकेका छन्। संक्रमणका कारण हालसम्म त्यहाँ कसैको मृत्यु भएको छैन्।

नामिबियामा पछिल्लो पाँच सातादेखि लकडाउनमा छ। यसले त्यहाँको अर्थतन्त्रमा भने ठूलो असर गरेको छ।

राष्ट्रपतिको खर्च कटौतीको घोषणा अनुसार सन् २०२५ सम्म मन्त्रीहरूको लागि नयाँ सवारी साधनको खरीद रोकिनेछ, देशका १४ क्षेत्रीय गभर्नरहरूको विशेष सल्लाहकारको पद खारेज गरिनेछ र मन्त्रीको संख्या २६ जनाबाट घटाएर १९ जनामा झारिने राष्ट्रपतिका प्रवक्ता अल्फ्रेडो हेनगरीले शुक्रबार जनाएका छन्।

प्रवक्ता हेनगरीका अनुसार राष्ट्रपतिले शीर्ष राजनीतिज्ञहरूका लागि दिदैं आएको मासिक ईन्धन खर्चमा पनि रोक लगाइने बताएका छन्।

यी उपायहरूको अबलम्बनले आगामी पाँच बर्षमा नामिबियाले २०० मिलियन नामिबियन डलर बचत गर्नेछ।

प्रकाशित भएको : May 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु