ट्रम्पको डब्लुएचओ प्रति पछिल्लो निर्णय यस्तो

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो प्रशासनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सम्बन्धी आएका धेरै प्रस्तावहरुमा विचार गरिरहेको बताएका छन्।

यसरी आएका थुप्रै प्रस्तावहरुमा एक प्रस्तावमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले यसअघि उपलब्ध गराउँदै आएको सहायता रकमको १० प्रतिशतसम्मको रकम पुनः उपलब्ध गराउन सकिनेसम्मका प्रस्ताव छन्।

ट्वीटरमा ट्रम्पले सो बारेमा अन्तिम निर्णय भइनसकेको र डब्लुएचओलाई दिने रकम अझै ‘फ्रिज’ नै रहेको उल्लेख गरेका छन्।

ट्रम्प प्रशासनले डब्लुएचओलाई चीनको पक्षपोषण गरेको र कोरोना भाइरस प्रकोपबारे अगावै सचेत नगराएको आरोप लगाउँदै अप्रिल १४ मा सहयोग रकम रोक्ने घोषणा गरेको थियो।

त्यस्तै ट्रम्प प्रशासनले सोही किसिमको अर्को समानान्तर नयाँ संगठनको समीक्षा सुरु गर्ने धम्कीसमेत आदिएको थियो।

डब्लुएचओले भने बारम्बार ट्रम्प प्रशासनको आरोपलाई अस्वीकार गर्दै आएको छ। संगठनले आफू प्रकोप सम्बन्धी जानकारी र चेतावनीका बारेमा पारदर्शी रहँदै आएको बताउँदै आएको छ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले शुक्रबार ट्रम्पले डब्लुएचओबाट एक पत्र पाएपछि अमेरिका डब्ल्युएचओलाई दिदैं आएको आर्थिक सहयोग आंशिकरूपमा पुनर्स्थापना गर्ने तयार रहेको बताएको छ।

अमेरिका डब्ल्युएचओको सबैभन्दा ठूलो दाता थियो। कोषको कुल बजेटमा अमेरिकाले १५ प्रतिशतसम्मको योगदान दिदैं आएको थियो।

‘थुप्रै अवधारणामध्ये यो पनि एक हो। हामी पहिले दिने रकमको १० प्रतिशत रकम दिन तयार भएका हौं, जुन चीनको भुक्तानीसँग पनि मेल खान्छ। तर यही अन्तिम निर्णय भने होइन। अहिले सबै कोष फ्रिज छ’, ट्रम्पले भने।

प्रकाशित भएको : May 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु