
काठमाडौ । स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारले चढ्ने हेलिकोप्टर छुट्टै थियो । देश दौडाहामा जाँदा उहाँ सानो हेलिकोप्टर लिएर निस्किनु हुन्थ्यो ।
यो अहिले नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएको सो विमान लामो समयसम्म नचलाएपछि काम नगर्ने अवस्थामा पुगेको छ । यसलाई संग्रहालयमा राख्न लागिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्याङ्गरमा राखिएको हवाईजहाज र हेलिकप्टर मध्य हेलिकप्टरलाई संग्रहालयमा ल्याइसकिएको छ ।
ती मध्य हेलिकप्टरलाई तत्काल प्रदर्शनीमा राखिनेछ । राजाको शासनताका रोयल विभागको मातहतमा विमान सञ्चालन हुने गरेको थियो । तिनै मध्ये मन्त्रालयले दुई जहाजको विषयमा प्रतिवेदन तयारी गरिरहेको छ । संग्रहालयमा राखेपछि मात्रै दुई विमानको विषयमा इतिहास लेख्ने तयारी संग्रहालयले गरेको छ ।
हाल विमानको विषयमा सरकार र नेपाली सेनालाई जानकारी छैन । संग्रहालयको मातहतमा ल्याएपछि दुई वटै विमानलाई एभिएसन म्युजियम बनाएर प्रर्दशनी गर्ने तयारी गरेको छ ।
नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दुवै जहाज संग्रहालयमा राखिने जानकारी दिए ।
विमानको सबै पार्टपुर्जा भए पनि चलाउन सक्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ ।
थोत्रो भैसकेको ती विमान राजाको शासनकालमा रोयल फ्लाइटको लागि प्रयोग गरिन्थ्यो । हाल थन्किएको पुमा हेलिकप्टर वीमान चालकसमेत रहनुभएका राजा वीरेन्द्र आफैले चलाउने गरेका थिए ।
प्रतिकृया दिनुहोस्