निजी अस्पतालले आरडिटी गर्न पाउने, २० प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने

 

निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी गर्न पाउने भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालाई आरडिटी गर्न पाउने गरी निर्देशिका जारी गरिएको बताए।

परीक्षणका लागि उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार निजी अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन्।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ। निजी तथा सामुदायिक अस्पतालले आरडिटीवापत शूल्क लिन पाउनेछन्।

किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।

प्रकाशित भएको : May 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु