रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृ’त्यु , नमुना परीक्षण गर्न दाङ पठाइयो

 

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृ’त्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् ।

आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृ’त्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिइन् ।

प्रकाशित भएको : May 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु