अस्पतालले भन्यो प्रधानमन्त्री पुरै सक्रिय भएर काममा फर्किन ६ महिना लाग्छ

 

काठमाडौ । दोस्रो पटक मृगौला प्रत्योरोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले पुरै सक्रिय हुन भने ६ महिना लाग्ने बताएकी छन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न ।’

प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको कारण तुरुन्तै डिस्चार्ज गर्न नसकिएको डा।शाहाले बताइन् । उनले भनिन्, प्रधानमन्त्री छिट्टै घर जान चाहनुहन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् । उनले भनिन्, ‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, ।’

प्रकाशित भएको : March 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु