भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृ’त्यु

 

चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृ’त्‍यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृ’त्‍यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृ’त्युको कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड- १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित भएको : May 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु