धादिङमा तीन जनामा कोरोना संक्रमण

 

धादिङ, ६ जेठ । जिल्लामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेत्रावती डब्जोङ्ग गाउँपालिकामा १ जना र गल्छी गाउँपालिका १ जना तथा थाँक्रे गाउँपालिकामा १ जना गरी ३ जना संक्रमित भेटिएकाे धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख भुवन पौडेलले बताए ।

पछिल्लोपटक थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीया पुरुषमा देखा परेको हो ।

उनी काठमाडौँ बागबजार कोठामा जाने क्रममा घरबेटीले कोरोना चेक गर्न आग्रह गरेपछि टेकु गएका थिए । टेकुमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनी बागबजारमा प्रिन्टिङ्ग प्रेस सञ्चालन गर्दै आएका छन् ।

संक्रमित एरिया पुर्वमा कृष्ण मन्दिर पश्चिममा ८ किला उत्तरमा महेशखोला सिल गरेको र संक्रमित एरियामा ५ जना परिवार ५ जना स्थानीयको पहिलो चरण र्‍यापिड टेस्ट गरिने धादिङ्गका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले बताए ।

धादिङ्ग थप जोखिम रहेको हुँदा लकडाउनलाई पूर्ण रुपमा पालना गर्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताए ।

प्रकाशित भएको : May 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु