10 months ago

मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् ।
उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ ।
संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिए ।
प्रकाशित भएको : May 20th, 2020
प्रतिकृया दिनुहोस्