अन्तत नेपाली सँग केहि लागेन भारतको , पछि हट्यो

 

नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधृरा, कालापानी लिपुलेकलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै सीमा क्षेत्रमा यसको प्रभाव पर्न थालेको छ ।

भारतीय पक्षले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट बनाउन थालेपछि पर्सास्थित ठोरीका बासिन्दा र नेपाली सुरक्षाकर्मीको विरोध र अडानपछि भारतीय पक्ष पछि हटेको छ ।

नेपाल पक्षको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर आफ्नै भूमिमा सारेको छ ।

ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन सोमबार भारतीय पक्षले गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेपछि ठोरीका बासिन्दा र सुरक्षाकर्मीले रोकेका थिए ।

तर, फेरि दशगजामै सुरक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभागका अधिकारी आए पनि नेपालील रोकिदिए ।

कयौंको संख्यामा उपस्थित भएका ठोरीका स्थानीय बासिन्दा र नेपाल तथा सशस्त्र प्रहरीले संयुक्त रुपमा विरोध गर्दै आफ्नो अडानमा अडिग रहेपछि भारतीय पक्ष आफ्नै भूमिमा सुरक्षा पोस्ट बनाउन सहमत भएको हो ।

प्रकाशित भएको : May 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु