
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृ’त्यु नभएको जनाएको छ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।
यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृ’त्यु भइसकेको बताएका थिए।
मन्त्री बरालले भनेका थिए- १५ मिनेट भयो उहाँको मृ’त्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ।
मन्त्री बरालले दिएको सोही सूचनाका आधारमा सुदर्शन खबरले कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु शीर्षकमा समाचार लेखेको थियो।
उक्त अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि बिरामीको मृ’त्यु भएको विभिन्न सञ्चारमाध्यमलाई कोट दिएका थिए।
अस्पतालले बिरामीको मृ’त्यु नभएको विज्ञप्ति निकालेपछि हामीले मेयर घिमिरेलाई किन मृ’त्यु भएको भन्ने कोट दिनुभयो भनेर सोधेका थियौं। मेयर घिमिरेले आफूलाई बिहानै अस्पतालका सञ्चालक पाण्डेले बिरामीको मृ’त्यु भएको जानकारी दिएकाले आफूले सोही आधारमा सञ्चारमाध्यममा बोलेको बताए।
‘पाण्डे हाम्रो ७ नम्बर वडाको अध्यक्ष र कार्यपालिका सदस्य हो। मैले उहाँले दिएको सूचनाका आधारमा बोलेको हुँ। अहिले अस्पतालले मृ’त्यु भएको होइन भनेछ। मैले त केही बुझ्नै सकेको छैन,’ उनले भने।
सञ्चालक पाण्डेले भने आफूले बिरामीको मृ’त्यु भएको सूचना नदिएको दाबी गरेका छन्।
प्रदेशका जिम्मेवार मन्त्रीले दिएको सूचनाका आधारमा सुदर्शन खबरले समाचार प्रकाशन गरेको हो। उक्त समाचारका कारण पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।
प्रतिकृया दिनुहोस्